प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि चप्पल कारखानामा नेताहरुको ताँती

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि चप्पल कारखानामा नेताहरुको ताँती

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ । बिहान ११ बजे डाकिएको संसद बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतदान हुने कार्यक्रम छ ।

सोही क्रममा हिजो साँझ प्रधानमन्त्री दाहाल र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाबीच संक्षिप्त भेटवार्ता भएको छ । देउवासँग भेट गर्न प्रधानमन्त्री दाहाल उहाँको अस्थायी निवास महाराजगञ्ज, चप्पल कारखाना नजिकै जानुभएको थियो । देउवा राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतमको निवासमा भाडामा बस्दै आउनुभएको छ ।

हिजै दिउँसो देउवा निवासमा नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि १५ मीनेट भेटवार्ता गर्न जानु भएको बताइन्छ । त्यसअघि सभापति देउवासँग नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँडको बिहान आधा घण्टा कुराकानी भएको थियो ।

साँझ काँग्रेस नेताहरु कृष्णप्रसाद सिटौला,पूर्णबहादुर खड्कालगायतले पनि सभापति देउवासँग उहाँको निवास चप्पल कारखाना पुगेर कुराकानी गर्नुभएको स्रोतको दाबी छ ।

टिप्पणीहरू