भारतीय पूर्वसांसद भैरहवा हुँदै काठमाडौं प्रवेश
भारतीय पूर्वसांसद भिष्मशंकर तिवारी काठमाडौं आएका छन् । उनी हिजो रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेर भैरहवाबाट विमानमा काठमाडौं आाएका हुन् ।
बुध्द एयरको उडानमा दिउँसो ४ बजे राजधानी आइपुगेका तिवारी भारतीय लोकसभाको यसअघिको १४ औं र १५ सभामा सांसद थिए । उत्तर प्रदेशबाट समाजवादी पार्टीका सांसद उनी गोरखपुरका हुन् तर नयाँ दिल्लीमा पनि बस्ने गर्दछन् ।
टिप्पणीहरू