प्रचण्ड सरकारलाई मत दिनेको संख्या बढ्यो
नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सशर्त विश्वासको मत दिने निर्णय गरेको छ । भर्खरै सम्पन्न सचिवालय बैठकले उक्त निर्णय गर्दै पार्टी विपक्षमा बस्ने भएको छ । पार्टी मुख्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टी संगठनको सुदृढीकरण,विस्तारमाथि पनि छलफल भएको बताइन्छ ।
बैठकमा वरिष्ठ नेता झलनाथ खनाल,महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, गंगालाल तुलाधर र जगन्नाथ खतिवडालगायतको सहभागिता छ ।
टिप्पणीहरू