काङ्ग्रेस बैठक लम्बिँदा प्रतिनिधि सभाको बैठक २ घण्टा सर्यो
आज ११ बजेदेखि बस्ने भनिएको प्रतिनिधि सभाको बैठक काङ्ग्रेसको बैठक लम्बिएका कारण सरेको छ । विशेष कारणबश बैठकको समय परिवर्तन गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।बैठक दुई घण्टा ढिलो अर्थात १ बजे बस्ने तय भएको सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।
भनिएको छ,‘प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्मानीय सभामुखज्युले बैठक आजै दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको लागि यो सूचना प्रकाशन गरिएको छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम छ ।
टिप्पणीहरू