काँग्रेसलाई कुर्न संसद बैठक दुई घण्टा पर
प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारिएको छ । आज बिहान ११ बजे निर्धारित बैठक दिउँसो १ बजेलाई सारिएको हो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गर्दै विशेष कारण बैठक सारिएको बताइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ । प्रचण्डलाई विश्वसको मत दिने कि नदिने भन्ने विषयमा नेपाली कांग्रेसको निर्णय कुर्न संसद बैठक सारिएको अनुमान गरिएको छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसको कार्यसम्पादन समितिको बैठकले संसद भवनस्थित ल्होत्से हलमा बस्दैछ ।
टिप्पणीहरू