एसले १ नम्बर प्रदेश सरकारलाई तत्काल विश्वासको मत नदिने

एसले १ नम्बर प्रदेश सरकारलाई तत्काल विश्वासको मत नदिने

प्रदेश नं १ मा हिक्मत कार्की सरकारको काम हेरेर मात्रै समर्थन गर्ने निष्कर्षमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पुगेको छ । सो पार्टीको प्रादेशिक संसदीय दलको आज बिहान बिराटनगरमा बसेको बैठकले यो निर्णय गरेको हो ।  एसले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा अलग्गै निर्णय गर्ने तयारी छ ।

यसै गरी सो पार्टीले संसदीय दलको नेताको रुपमा निवर्तमान मुख्यमन्त्री राजेन्द्र राई र सचेतकमा विद्या चाम्लिङ राईलाई चयन गरेको छ । जम्मा ९३ सभासद रहेको प्रदेश सभामा सो दलको प्रदेश नम्बर १ मा ४ जना सांसद छन् । सो पार्टीका प्रदेश अध्यक्ष बलदेव चौधरीका अनुसार सरकारको नीति तथा कार्यक्रमका आधारमा सरकारको समर्थन वा विरोध गर्ने नीति सो दलले लिएको छ ।

टिप्पणीहरू