आज विश्वासको मत, भोलि सबलाई बिदा

आज विश्वासको मत, भोलि सबलाई बिदा

गणतन्त्र घोषणापछि रोकिएको पृथ्वी जयन्तीको सार्वजनिक विदा यस वर्षबाट सुचारु भएको छ । राजावादीहरुको पार्टी राप्रपासमेत सम्मिलित गणतान्त्रिक सरकारले विदा दिने निर्णय गरेको हो । 

राप्रपाको माग सम्बोधन गर्न गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश गरी गृह मन्त्रालयले भोलि पुस २७ गते पृथ्वी जयन्तीको बिदा दिने निर्णय गरेको छ । गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले हिजोको क्याबिनेट बैठकबाट भोलि सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए । 

सोमबार बसेको क्याबिनेट बैठकको निर्णयअनुसार बिदा दिइएको गृहले आज जारी गरेको सूचनामा उल्लेख छ । यसअघि राप्रपाले पृथ्वीजयन्तीको बिदालाई सरकारमा जाने बटमलाइन बनाएको थियो । त्यसैलाई शर्त बनाएको सो पार्टी प्रधानमन्त्रीलाई समर्थन जनाएर पनि सरकारमा सहभागी भएको छैन । प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । पृथ्वी जयन्तीको बिदा पाएपछि सरकारमा जाने तयारीमा रहेको राप्रपाले विश्वासको मत दिने निर्णय गरेको छ ।

टिप्पणीहरू