प्रचण्डलाई बिश्वास गर्नेहरु बढेको बढ्यै
सरकारलाई समर्थन नजनाएको र अहिलेसम्म प्रतिपक्षमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका हुन् । अस्ति बसेको लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले यसबारे निर्णय लिने जिम्मा ठाकुरलाई दिएको थियो ।
योसँगै सरकारलाई समर्थन जनाएका सात दलबाहेक थप दुई पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएका हुन् । एकीकृत समाजवादीले पनि शर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।
टिप्पणीहरू