श्रीमान् झुण्डिएको अवस्थामा, श्रीमती अँगेनाको छेउमा मृत

श्रीमान् झुण्डिएको अवस्थामा, श्रीमती अँगेनाको छेउमा मृत

चितवनमा एउटा दम्पती मृत अवस्थामा फेला परेको छ । उनीहरुलाई आज बिहान मृत अवस्थामा फेला पारिएको बताइएको छ ।

स्थानीय २२ वर्षका प्रेम रानामगर आफ्नै घरको कोठाको बलोमा नाइलनको डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनकी २१ वर्षीया श्रीमती शान्ति भनिने वुद्धिमाया रानामगर घर बाहिरको आँगनमा रहेको अँगेनाको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

श्रीमान र श्रीमती दुवै मृत अवस्थामा भेटिएको खबर प्राप्त भएपछि प्रहरी चौकी जुगेडीबाट प्रहरी सहायक निरीक्षक विष्णु मोक्तानको र जिल्ला प्रशासन कार्यालयबाट प्रहरी नायव उपरीक्षकको टोली त्यहाँ पुगेको थियो । त्यसपछि कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीसमेतको उपस्थितिमा घटनास्थल तथा शवको जाँच र मुचुल्का तयार पारेर प्रारम्भिक अनुसन्धान भएको बताइएको छ ।

टिप्पणीहरू