प्रधानमन्त्रीले भन्नुभयो ‘म ठूलो आत्मसमीक्षा गरेर संसदमा उभिएको छु’
प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई विश्वासको मत दिन सम्पूर्ण दललाई आग्रह गर्नुभएको छ । उहाँले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै आफू ठूलो आत्मसमीक्षा गरेर संसदमा उभिएको बताउनुभएको छ ।
‘म ठूलो आत्मसमीक्षा गरेर यो रोष्ट्ममा उभिएको छु । दुई पटक प्रधानमन्त्री भएँ । पहिलो पटक मसँग अनुभव र टिम थिएन । तर पनि त्यसबेला केही काम भयो ।’
उहाँले आफ्नो दोस्रो कार्यकालमा वैदेशिक सम्बन्धमा उतारचढाव आएको र मधेसमा आन्दोलन भएको उल्लेख गर्नुभयो । ‘आज तेस्रो पटक प्रधानमन्त्री बन्न संसदमा उभिएको छु । तर फरक संकल्पका साथ उपस्थित भएको छु,’ उहाँले भन्नुभयो ।
राजनीतिक दलहरू पटक पटक चुकेको स्वीकार उहाँको भनाइ छ । सोही अवस्थामा परिवर्तन ल्याउन आफूलाई विश्वासको मत दिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ । उहाँको भनाइ छ, ‘हामी चुकेका छौं । हामी नचुकेको भए यति धेरै युवा विदेशमा हुने थिएनन् । जनताको असन्तोषलाई स्वीकारेर विद्यमान अवस्थामा परिवर्तन ल्याउन विश्वासको मत माग्न चाहन्छु ।’
टिप्पणीहरू