काँग्रेसको विश्वासको मत दिने निर्णय सकारात्मक : एमाले अध्यक्ष
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत लिने काँग्रेसको पछिल्लो निर्णयको स्वागत गर्दै धन्यवाद दिनुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै अध्यक्ष ओलीले काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयको स्वागत गर्दै धन्यवाद दिनुभएको हो ।
उहाँले काँग्रेस सभापति शेरबहादुर देउवाले संसदीय इतिहासमा नयाँ भाष्य निर्माण गरेकाले इतिहासमा त्यसबारे छलफल हुने उहाँको भनाइ छ ।
‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेर काँग्रेसले कार्पेटमा नपोखेर कपमै चिया दिएको छ,’ उहाँले भन्नुभयो ।
काँग्रेसले प्रचण्डलाई दुई वर्षपछि विश्वासको मत दिने कुरो बाहिर आएकै थियो भन्दै उहाँले भन्नुभयो, ‘दुई वर्षअघि त्यस्तो समर्थन दिँदा के नै बिग्रियो र !’
उहाँले विश्वासको मतको प्रस्तावमा एमालेको समर्थन रहेको धारणा राख्नुभयो ।
टिप्पणीहरू