कांग्रेसमाथि ओलीको कटाक्ष - माछा नभएको खोलामा जाल फ्याँकेको भए माछा पाइँदैन
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई समर्थन गर्ने कांग्रेसको निर्णयप्रति आशंका व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै अध्यक्ष ओलीले सरकारलाई समर्थन गर्ने कुनै जालझेल होइन भने कांग्रेसको निर्णयलाई स्वागत गर्ने पनि बताउनुभयो । तर,त्यो निर्णय जालझेलपूर्ण भए त्यसले कांग्रेसलाई केही पनि हात नलाग्ने उहाँको भनाई छ ।
‘कांग्रेसले सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । यो जाल होइन भने स्वागतयोग्य छ,’अध्यक्ष ओलीले भन्नुभयो,‘यदि जाल हो भने कांग्रेसले माछा नभएको खोलामा जाल फ्याँकेको हुनेछ ।’ सरकारलाई समर्थन गरेकाले कांग्रेस पनि अब सत्तापक्ष रहेको ओलीको बुझाइ छ ।
टिप्पणीहरू