लिलालाई ५८ सांसदको समर्थन, प्रदेश प्रमुखको हातमा पत्र

लिलालाई ५८ सांसदको समर्थन, प्रदेश प्रमुखको हातमा पत्र

नेकपा एमालेका सांसद लिला गिरीले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । केन्द्रीय सत्ता गठबन्धनमा आबद्ध सात दलसहित लोसपा र दुई स्वतन्त्र सांसदको समर्थनमा उनले केही बेरअघि मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् । 

गिरीलाई एमालेका २९, माओवादीका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पाटीका ४, जसपा ३, जनमत ३, लोसपा ३ र स्वतन्त्र २ गरी ५८ जना सांसदको समर्थन छ । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लाथि ४४ संसदको समर्थन आवश्यक पर्छ ।

कुनै पनि दलको एकल बहुमत नभएकाले प्रदेश प्रमुख शेरचनले आज दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेश गर्न समय दिएका छन् ।

सत्तारूढ गठबन्धनमा रहेका दलहरुमध्ये एमाले र माओवादीले आधा–आधा कार्यकाल लुम्बिनी सरकारको नेतृत्व गर्ने सहमति छ ।

टिप्पणीहरू