पर्वतमा क्रसर उद्योग बन्द गर्न निर्देशन, नटेरे कारबाही

पर्वतमा क्रसर उद्योग बन्द गर्न निर्देशन, नटेरे कारबाही

जिल्ला प्रशासन कार्यालय, पर्वतले अवैधरुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न सबै जिल्ला प्रशासनलाई निर्देशन दिएपछि पर्वत जिल्ला प्रशासन पनि ‘एक्सन’ मा उत्रिएको बताइएको छ ।

दर्ता नगरिएको र अनुमति नलिइएका नदीजन्य तथा खानीजन्य पदार्थ निकाल्ने उद्योग तत्काल बन्द गर्न प्रशासनले आग्रह गरेको छ । ढुङ्गा, गिट्टी, बालुवालगायत सामग्री उत्खनन् गर्ने क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए । 

यस्तै, अटेर गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको जानकारी दिइएको छ ।

टिप्पणीहरू