ठूलो संख्यामा शाखा अधिकृत उपसचिवमा बढुवा हुँदै

ठूलो संख्यामा शाखा अधिकृत उपसचिवमा बढुवा हुँदै

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३३ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । 

बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) बाट राजपत्राङ्कित द्धितीय श्रेणी (उपसचिव)मा बढुवाका लागि अधिकृतहरुको नाम सिफारिस गरेको हो । ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कनद्धारा हुने बढुवाका लागि सिफारिस अधिकृतहरु नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह र नेपाल प्रशासन सेवा, लेखा समूहअन्तर्गतका छन् । 

समितिले सामान्य प्रशासन समूहअन्तर्गत चुडामणि चापागाई, सुभद्रा गौतम, सत्यनारायण साह, पदमप्रसाद बजगाई, जग्दिश चन्द्र नेपाली, लक्ष्मी नाघ दवाडी, हरिकृष्ण फुयाल, रामबहादुर तामाङ, ध्रुवप्रसाद नेपाल, भूमिश्वर ढकालको सिफारिस गरेको जनाएको छ । 

त्यस्तै, इश्वरप्रसाद आचार्य, दिनेश त्रिपाठी, छविरमण भट्टराई, संजयकुमार भट्टराई, विष्णुभक्त सिग्देल, रोशनकुमार कठायत, गोविन्द्रप्रसाद पौडेल, सुरणप्रसाद शर्मा पौडेल, औलाखबहादुर आले, कमलबहादुर कार्की, मोहनकुमार घिमिरे, पूर्णबहादुर केसी, राजकुमार अधिकारी, राजमणि निरौला, अशोककुमार महर्जन, भागीरथा गैरे, नवराज ढकाल र भोला खड्काको पनि सामान्य प्रशासन समूहमा बढुवा सिफारिस गरिएको छ । 

देवराज पोखरेल, राजन रेग्मी, बिनोद धमला, विष्णुप्रसाद भुसाल र राजेन्द्र आचार्यको लेखा समूहअन्तर्गत सिफारिस गरिएको समितिले जानकारी गराएको छ ।

टिप्पणीहरू