लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी

लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका सांसद लीला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राप्रपाका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनता समाजवादी पार्टीका तीन, जनमत पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका तीन र दुई स्वतन्त्र गरी ५८ सांसदको समर्थन छ । 

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित उनी एमालेको पोलिटब्यूरो सदस्यसमेत हुन् ।
 

टिप्पणीहरू