कमलपोखरीमा भूकम्प सुरक्षा दिवस मनाइने

कमलपोखरीमा भूकम्प सुरक्षा दिवस मनाइने

काठमाडौँ महानगरपालिकाले हरेक वर्ष मनाउँदै आएको भूकम्प सुरक्षा दिवस यो पटक कमलपोखरीमा मनाइने भएको छ । 'भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ आगामी माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो । 

राष्ट्रिय सभा गृहमा बसेको महानगरपालिकाको व्यवस्थापन उपसमितिको बैठकले कमलपोखरीमा कार्यक्रम गर्ने निर्णय उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् । विद्यालयस्तरबाट यो अभियान लागू गर्नेपर्ने उनको भनाई छ । 

सुरक्षित भौतिक संरचनाका लागि विद्यालयस्तरमा गएर काम गर्ने उपमेयर डंगोलले बताएकी छन् । आम नागरिकलाई भूकम्पबारे सचेत र सुरक्षित बनाउन अभियान सञ्चालन गर्ने उनले सुनाइन् । 

यता, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले २०७२ सालको महाभूकम्प सबैले बिर्सिएको गुनासो गरे । भवनसंहिता पालनामा समेत लापरवाही देखाइएको उनको ठहर छ । 

त्यसबेला धरधनी आफैंले घटाउन थालेको घरको तला फेरि बढाउन थालिएको उनी बताउँछन् । ‘हामीले अनधिकृत संरचना आफैं व्यवस्थापन गर्न सम्बन्धितका नाममा सार्वजनिक सूचना जारी गरेका छौं’, उनले भने,‘अटेर गर्नेलाई कारबाही प्रक्रिया अघि बढाउँछौं ।’

टिप्पणीहरू