वीरगञ्जमा दुई भारतीय नागरिकको निसासिएर निधन

वीरगञ्जमा दुई भारतीय नागरिकको निसासिएर निधन

कोठाको झ्याल ढोका बन्द गरेर सुत्दा पर्सामा २ जनाको प्राण गएको छ । भारतको बिहार राज्य मोतिहारीको थाना रक्सौल कौवा ठेगर वडा नं. ७ की २९ वर्षीया पवित्र गिरी र ३० वर्षीय मिथलेश यादवको निसासिएर मृत्यु भएको हो । 

वीरगञ्ज महानगरपालिका-२२ जगरनाथपुरत्रिपती ट्रेडिङ एण्ड सप्लायर्स कोइला डिपोमा कार्यरत उनीहरु गएराति डिपोको एकतले पक्की भवनको आल्मुनियमको झ्याल ढोका भएको कोठाभित्र सुतेका थिए । बिहान १० बजेसम्म नउठेपछि प्रहरीले ढोका फोडेर हेर्दा दुबै जना मृत भेटिएको प्रहरीले बताएको छ । 

अक्सिजनको अभावले उनीहरुको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान तथा कारबाहीका लागि नारायणी अस्पातालबाट चिकित्सकसमेत लिई घटनास्थलमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।
 

टिप्पणीहरू