गोरखाबाट आएलगत्तै प्रधानमन्त्री बालकोटमा

गोरखाबाट आएलगत्तै प्रधानमन्त्री बालकोटमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ । 

आफ्नो निर्वाचन क्षेत्र गोरखामा आयोजित गोरखा महोत्सवमा सहभागी भएर काठमाडौँ फर्केलगत्तै उहाँ आज साँझ बालकोट पुग्नुभएको हो । साँझ साढे ६ बजेतिर बालकोट पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड आधा घण्टा छलफल गरेर बाहिरिनुभएको बताइएको छ । 

प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै क्याबिनेट विस्तार गर्ने गृहकार्य सुरु भइसकेको छ । त्यहि विषयमा कुरा गर्न प्रधानमन्त्री प्रचण्ड बालकोट जानुभएको हो ।

टिप्पणीहरू