मन्त्रालयको भाग मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै
क्याविनेट विस्तारबारे छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिएसँगै क्याविनेट विस्तारको तयारी गर्नुभएको छ । आजको बैठकमा पनि त्यहि विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले आज गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बताए । सात दलीय गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भई प्रतिनिधिसभामा झन्डै शतप्रतिशत विश्वासको मत प्राप्त गर्नुभएका प्रचण्डलाई सत्ता साझेदार दलहरुको चित्त बुझाएर सरकारलाई पूर्णता दिनुपर्ने बाध्यता छ । यसै विषयमा हिजो साँझ उहाँले गठबन्धनको सबैभन्दा ठूलो दल एमाले अध्यक्ष केपी ओलीसँग कुराकानी गर्नुभएको थियो ।
टिप्पणीहरू