पूर्वको सभामुखमा बाबुराम निर्विरोध
प्रदेश १ को सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । सभामुख पदका लागि गौतमको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका ज्येष्ठ सदस्य मण्डलले जानकारी दिए ।
सत्ता गठबन्धनका तर्फबाट गौतमको प्रस्तावकमा एमालेका रवतीरमण भण्डारी र समर्थकमा नारायणबहादुर मगर थिए । प्रतिपक्षी दल कांग्रेसले सभामुख पदमा उम्मेदवार नउठाउँदा गौतम निर्विरोध निर्वाचित भएका हुन् ।
प्रदेश १ मा शक्ति बाँडफाँटमा माओवादीले सभामुख पाउँदा एमालेले मुख्यमन्त्री पाएको थियो ।
टिप्पणीहरू