विद्यालयमा योग दिवस अनिवार्य
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १ गते विद्यालयहरुमा राष्ट्रिय योग दिवस मनाउन निर्देशन दिएको छ ।
मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय ईकाइमा परिपत्र गर्दै माघ १ गते विद्यालयहरुमा योगसंग सम्बन्धित विभिन्न क्रियाकलापको आयोजना गर्न निर्देशन दिएको हो ।
‘स्वस्थ जीवनको चाहनाः योग शिक्षा र साधना’ भन्ने आदर्शसहित भव्यताका साथ आवश्यक समन्वय गरी सम्पूर्ण विद्यालयमा योगसंग सम्बन्धित विभिन्न क्रियाकलापका साथ राष्ट्रिय योग दिवस मनाउन केन्द्रले भनेको छ ।
‘विभिन्न कार्यक्रमहरु आयोजना गरी भव्यता रुपमा मनाउन आवश्यक समन्वय गरी सम्पूर्ण विद्यालयहरुमा योगसंग सम्बन्धित विभिन्न क्रियाकलापका साथ राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि निर्देशानुसार अनुरोध छ’, परिपत्रमा उल्लेख छ ।
टिप्पणीहरू