चीनमा बस्ने नेपालीद्वारा वृद्धवृद्धालाई न्यानो कपडा वितरण

चीनमा बस्ने नेपालीद्वारा वृद्धवृद्धालाई न्यानो कपडा वितरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले खोकना आरोग्य आश्रमका ज्येष्ठ नागरिक र तिनका कुरुवालाई न्यानो कपडा वितरण गरेको छ । आज दक्षिणकाली–२, खोकनास्थित रहेको नेपाल कुष्ठरोग निवारण संघबाट सञ्चालित खोकना आरोग्य आश्रममा उपाचारत दुई सय २५ जना ज्येष्ठ नागरिक, कुष्ठरोगी बिरामी र उनीहरुका कुरुवालाई न्यानो कपडा वितरण गरिएको हो ।

एनआरएनएका उपाध्यक्ष निर्मल चौलागाईंले कार्यक्रममा बोल्दै यसअघि पनि नेपाल र नेपालीका लागि विभिन्न सामाजिक कार्य गर्दै आएको र त्यसलाई निरन्तरता दिने बताए । कार्यक्रममा उपाध्यक्ष चौलागाईं, महासचिव यादव अर्याल, सह–कोषाध्यक्ष रवीन्द्र माली, युवा संयोजक सुवर्ण श्रेष्ठ (कार्यक्रम संयोजक), कार्यसमिति सदस्य तुलसी न्यौपाने, विजय पराजुली, युवराज थापा, दिपक अग्रवाललगायतको उपस्थिति थियो ।

एनआरएनए चीनले ‘वान एनसीसी वान प्रोजेक्ट’ अन्तर्गत ‘महिनावारी स्वच्छता सचेतना अभियान’ मा देशभरका विभिन्न स्थानका विद्यालयका विद्यार्थीहरुलाई महिनावारी सचेतना कार्यक्रम गरिरहेको बताएको छ ।

टिप्पणीहरू