स्वयम्भूमा अमेरिकी कूटनीतिज्ञ र तिब्बती शरणार्थीहरुबीच छलफल

स्वयम्भूमा अमेरिकी कूटनीतिज्ञ र तिब्बती शरणार्थीहरुबीच छलफल

काठमाडौंस्थित अमेरिकी दूतावासका केही कूटनीतिक कर्मचारीले तिब्बती शरणार्थीबारे छलफल गरेका छन् । उनीहरुले हिजो बिहान झण्डै तीन घण्टा शरणार्थीबारे कानुन व्यवसायी, मानवअधिकारकर्मीसहितको उपस्थितिमा कुराकानी गरेको बताइन्छ ।

भेटघाट स्वयम्भूको बिजेश्वरीस्थित होटल बज्रमा भएको हो । भेटघाटमा दूतावासका तिब्बती शरणार्थी सम्बन्धी प्रमुख तथा कन्सुलर मार्क पौल, शरणार्थी सम्बन्धी कानुनी विषय हेर्दै आएका अधिवक्ता शम्भु लामा पनि थिए । त्यसैगरी शरणार्थी मानवअधिकारकर्मी सोनम छिरिङ्ग, हरी शेर्पासहित झण्डै डेढ दर्जनले उक्त छलफलमा भाग लिएको स्रोतको दाबी छ ।

टिप्पणीहरू