आगामी चुनावबारे काँग्रेसले अरुसँग छलफल गर्ने
आगामी महिना हुने सभामुख र उपसभामुखको चुनावबारे नेपाली काँग्रेसले अन्य दलसँग छलफल गर्ने भएको छ । आज बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको बताइएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको अस्थायी निवास चप्पलकारखाना नजिकै बसेको बैठकले सभामुख र उपसभामुखको आगामी चुनावबारे सबै राजनीतिक दलसँग छलफल गर्ने निर्णय भएको हो ।
प्रतिनिधि सभामा सभामुख चयनका लागि आगामी माघ ५ गते निर्वाचन मिति तोकिएको छ । तर सत्तारुढ सातदलीय गठबन्धनमा सभामुख एमालेलाई दिने सहमति यसअघि नै भइसकेको छ ।
टिप्पणीहरू