गठबन्धनको बैठकअघि ओली र प्रचण्ड ‘वान टु वान’ वार्तामा
सत्ता साझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएको छ । हिजो ओली निवास बालकोटमा छलफल गर्नुभएका उहाँहरु आज प्रधानमन्त्रीको सरकारी निवासमा जुट्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि क्याबिनेट विस्तार गर्ने पूर्वतयारीअनुसार भागबण्डा मिलाउन ओली र प्रचण्ड लगालग छलफलमा बस्नुभएको हो । संघ तथा प्रदेश सरकारको विस्तार, सभामुख र उपसभामुख चयनसहित शक्ति बाँडफाँटका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।
आजै सत्तारुढ गठबन्धन बैठक पनि बोलाइएको छ । त्यसअघि दुई नेताले छुट्टै संवाद गर्नु भएको हो ।
टिप्पणीहरू