राष्ट्रिय सभाको एक बुँदे सम्भावित कार्यसूची सार्वजनिक
राष्ट्रिय सभाको बैठक भोलि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरिएको छ ।
एक बुँदे सम्भावित कार्यसूचीमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदन सभासमक्ष पेस गर्ने उल्लेख छ ।
टिप्पणीहरू