अख्तियारका पूर्वआयुक्त पाठकलाई ३ वर्ष ३ महिना कैद

अख्तियारका पूर्वआयुक्त पाठकलाई ३ वर्ष ३ महिना कैद

विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैदको फैसला गरेको छ ।

नेपाल इन्जिनियरिङ कलेजको सम्बन्धन सम्बन्धी विवादमा पाठकले न्यौपानेसँग लिएको घुस प्रकरणमा उक्त आदेश भएको हो । पाठकले ७८ लाख रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि परेको मुद्दामा तीन वर्षको कैद सजाय सुनाइको छ । 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरु यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले पाठक र न्यौपाने दुबैलाई तीन वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

पाठक अख्तियारको आयुक्त भएर पनि घुस लिएकाले उनलाई थप तीन महिना कैद सजायको फैसला भएको हो ।

टिप्पणीहरू