ऋषि धमला ५ दिनमा ४ पटक भारतीय दूतावास
पत्रकार ऋषि धमला यो साता दिनहुँ झैँ भारतीय दूतावास पुग्ने गरेका छन् । विगतमा भारतीय खुफिया एजेन्सी ‘र’ का प्रमुख राघव भट्नागरलगायतसँग बाहिर भेट गर्ने गरेका धमलाले यो साता पनि भेट्ने ठाउँ भारतीय दूतावास नै रोजेको बताइन्छ ।
आइतबार उनी दूतावास पुगेर उनै भट्नागरसँग कुराकानी गरेका थिए । सोमबार र मंगलबार लगातार धमला दूतावास छिरे । त्यसअघि गत साता भट्नागर नयाँ दिल्लीबाट फर्केपछि ऋषिसँग बालुवाटारमा भेटेर कुराकानी गरेका थिए ।
सो क्रममा हिजो पुनः धमला लैनचौर छिरेका छन् । उनी दिउँसो पौने २ बजेको समयमा दूतावास छिरेर साढे २ बजेको हाराहारीमा निस्केको रिपोर्टर्स क्लब स्रोतले बतायो । हिजो भने उनले ‘र’ का नेपाल स्टेशन उपप्रमुख अनिलकुमार गिरीसँग छलफल गरेका थिए ।
टिप्पणीहरू