सभामुखमा नेमकिपालाई जम्मा तीन मत

सभामुखमा नेमकिपालाई जम्मा तीन मत

बाग्मती प्रदेशको सभामुख निर्वाचनमा भएको मतदानमा नेपाल मजदुर किसान पार्टीकी सृजना सायजुले तीन मतमात्रै प्राप्त गरेकी छन् । सायजुलाई सभामुख बनाउनका लागि भएको प्रस्तावमा तीन मत मात्रै प्राप्त गरेपछि बागमती प्रदेशको प्रदेशसभा बैठकले उक्त प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।

सभामुख चयन गर्नका लागि आज बसेको प्रदेशसभाको बैठकमा भएको मतदान सयजुको पक्षमा नेमकिपाका तीन जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए । उनलाई अन्य कुनै पनि दलवाट मत प्राप्त हुन नसकेको हो । 

जारी बैठकमा सायुजुको विपक्षमा ९८ मत परेको थियो भने सात जना सांसद तटस्थ बसेका थिए ।

टिप्पणीहरू