संघीयताविरोधी पार्टीका नेता प्रदेशको सभामुख

संघीयताविरोधी पार्टीका नेता प्रदेशको सभामुख

बाग्मती प्रदेशसभाको सभामुखमा राप्रपाका सांसद भुवन पाठक निर्वाचित भएका छन् । आज बसेको प्रदेशसभा बैठकले पाठकलाई बहुमतले सभामुखमा निर्वाचित गरेको हो ।

संघीयताविरुद्ध उभिएको राप्रपाका महामन्त्रीसमेत रहेका पाठक एमाले, माओवादीसहितका सत्तापक्षीय सांसदहरुको समर्थनमा सभामुख चुनिएका हुन् । उनले ६२ मत पाउँदा विपक्षमा ४९ मत परेको छ । सात जना सांसद भने तटस्थ बसेका थिए । 

प्रदेशसभाको सभामुख पदका लागि सत्ता गठबन्धनबाट पाठकसहित नेपाली काँग्रेसका शिवराज अधिकारी र नेमकीपाकी सृजना सायजुले उम्मेदवारी दिएका थिए । आजको बैठकमा तीनैजना उम्मेदवारको उम्मेदवारीका विषयमा छलफल गरी निर्णायार्थ प्रस्तुत गरिएको थियो । मत विभाजनका क्रममा अधिकारी र सायाजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने छुट्टाछुट्टै प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।  

दुवै उम्मेदवारी अस्वीकृत भएपछि भएको मतदान प्रक्रियाबाट पाठक सभामुखमा चुनिएका हुन् । आजको बैठकमा प्रदेशसभाका कूल ११० मध्ये १०९ जना सांसद उपस्थित थिए ।

टिप्पणीहरू