कक्षा १ मा भर्ना गर्न अब प्रवेश परीक्षा लिन नपाइने

कक्षा १ मा भर्ना गर्न अब प्रवेश परीक्षा लिन नपाइने

कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा नलिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखाले निर्देशन दिएको छ । 

बाल्विकासले प्रवेश परीक्षाको तयारी कक्षा समेत बन्द गर्न भनेको छ । मण्टेश्वरी र संस्थागत विद्यालयका पूर्वप्राथमिक कक्षाहरुमा बालबालिकाको सर्वाङ्गीण विकास हुने क्रियाकलाप नगराई कण्ठ गराउने गरकोप्रति पनि बालविकास शाखाले असतुष्टि जनाएको छ । 

विद्यालयहरुले कक्षा १ मा भर्नाको लागि प्रवेश परीक्षा लिने, त्यसका लागि विभिन्न ठाउँमा तयारी कक्षाका नाममा बालबालिकाहरुलाई महिनौँदेखि घोकाउने, कण्ठ गराउने गरेको गुनासो सरोकारवाला र विज्ञहरुबाट आएकाले यस्तो निर्णय गर्नुपरेको बालविकासले बताएको छ । 

शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र गर्दै आ-आफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन र भर्नाका लागि अन्य उपयुक्त विधि अवलम्बन गर्न लगाउन वालविकास शाखाको निर्देश छ ।

टिप्पणीहरू