गण्डकीका मुख्यमन्त्रीलाई सदनको विश्वास, मनाङे गयल

गण्डकीका मुख्यमन्त्रीलाई सदनको विश्वास, मनाङे गयल

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । सत्ता गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका उनलाई एमाले, माओवादी र राप्रपाका सांसदहरुले विश्वासको मत दिए ।  

आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने उनको प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत परेको छ । प्रदेशसभामा एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ सांसद छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका २७ जना छन्।  

स्वतन्त्र जितेर एकीकृत समाजवादीमा लागेका सांसद राजीव गुरुङ उर्फ दिपक मनाङे भने संसदमा उपस्थित भएनन् । पार्टी केन्द्रको निर्णय विपरित शुरुमा उनले मुख्यमन्त्रीलाई समर्थन गरेका थिए । तर, मन्त्री बन्ने संकेत नपाएपछि अन्तिममा उनले विश्वासको मत नदिएका हुन् ।

टिप्पणीहरू