मीटरब्याजबारे समाचार लेख्ने पत्रकारलाई धम्कि

मीटरब्याजबारे समाचार लेख्ने पत्रकारलाई धम्कि

राष्ट्रिय मुद्धा बनेको मीटरब्याजबारे समाचार लेख्ने एक पत्रकार मानसिक यातनामा परेका छन् । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका निवर्तमान उपाध्यक्षसमेत रहेका गोरखापत्र दैनिकका कैलाली संवाददाता चाँदनी आचार्यलाई समाचारको विषयलाई लिएर मीटरब्याजी समूहले हैरानी दिएको हो । 

पत्रकार आचार्यले समाचारको विषयलाई लिएर आफूलाई मानसिक तनाव, धम्की र प्रशासनिक झमेला दिने गरिएको गुनासो गरेपछि महासंघले ध्यानाकर्षण भएको जनाएको छ । ‘पीडितसंग कुराकानीका आधारमा तयार पारिएको सामग्री राष्ट्रियसञ्चार माध्यमहरुमा समेत प्राथमिकताका साथ प्रसारण भएपछि पत्रकार आचार्यलाई मीटरब्याजी समूहले मानसिक तनाव दिने, धम्क्याउने तथा प्रशासनिक हैरानी दिनेजस्ता कार्य गरिरहेको महासंघमा जानकारी प्राप्त भएको छ', महासंघले विज्ञप्ति निकालेर भनेको छ । 

पत्रकारलाई धम्क्याउने तथा मानसिक यातना दिने काम अत्यन्तै निन्दनीय भएको उल्लेख गर्दै महासंघले त्यस्ता कार्यमा संलग्नमाथि कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ । आचार्यले गत फागुनमा ‘ब्याजको बोझले सिध्याएको गाउँ’ शीर्षकको समाचार लेखेका थिए ।
 

टिप्पणीहरू