मदन भण्डारीलाई काम गर्ने मान्छे चाहियो

मदन भण्डारीलाई काम गर्ने मान्छे चाहियो

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले करारमा कर्मचारी माग गरेको छ । आज सूचना प्रकाशन गर्दै प्रतिष्ठानले विभिन्न पदमा २० जना कर्मचारीको आवेदन मागेको हो ।

जसमा नवौँ तहका लागि ६ र एघारौं तहका १४ गरी २० जना कर्मचारी चाहिएको उल्लेख छ । प्राज्ञिक सेवातर्फ आवश्यक करार सेवाका लागि योग्यता पुगेकाहरूले १५ दिनभित्र दरखास्त पेश गर्न सूचनामा भनिएको छ ।

भर्ना गरिएका कर्मचारीको करार अवधि २०८० असार मसान्तसम्म रहने र कार्य सम्पादन मूल्याङ्कनको आधारमा सेवा अवधि थप गर्न सकिने  जनाइएको छ ।

टिप्पणीहरू