चिनियाँ राजदूतले बुझाउनुभयो ओहोदाको प्रमाणपत्र

चिनियाँ राजदूतले बुझाउनुभयो ओहोदाको प्रमाणपत्र

नेपालका लागि चीनका नवनियुक्त राजदूत चेन सोङले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो आयोजित विशेष समारोहमा राजदूत सोङले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

सो अवसरमा प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र सचिव भरतराज पौडेल, सरकारी अधिकारी तथा चिनियाँ दूतावासका वरिष्ठ कर्मचारीहरुको पनि त्यस अवसरमा उपस्थिति रहेको बताइएको छ ।

राजदूत सोङ गत साता चीनबाट नेपाल आउनुभएको हो ।
 

टिप्पणीहरू