जोशीपुरमा माघ २ र ३ गते सार्वजनिक बिदा

जोशीपुरमा माघ २ र ३ गते सार्वजनिक बिदा

कैलालीको जोशीपुर गाउँपालिकाले थारु समुदायको पर्व माघीको अवसरमा थप दुई दिन बिदा दिने भएको छ । 

आज बसेको गाउँ कार्यपालिकाको बैठकले आगामी माघ २ र ३ गते स्थानीय बिदा दिने निर्णय गरेको हो । 

प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीले ती दुई दिनसम्म गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरु बन्द गरिने जानकारी दिए ।

टिप्पणीहरू