एमाले अब पनि सुध्रिँदैन : माधव नेपाल

एमाले अब पनि सुध्रिँदैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अझै पनि नसुध्रिने बताउनुभएको छ । उहाँले एमाले पुरानै विचार र सिद्धान्तमा हिँडेका सुध्रिने सम्भावना नरहेको धारणा राख्नुभएको छ । 

नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले नयाँ ढंगबाट पार्टीलाई पुनर्गठन गर्दै अघि बढ्ने बताउने क्रममा सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘उही विचार र सिद्धान्तले पुरानो पार्टी सुध्रिनेवाला छैन भन्ने निष्कर्षमा हामी पुगेका छौं । अहिले घनश्यामजी पुग्नुभयो । अरु पनि पुग्दै जानुहुन्छ । उहाँहरु सबैलाई हाम्रो पार्टीमा स्वागत गर्छौं ।’

सोही क्रममा उहाँले इमान्दार कम्युनिष्टहरुलाई गोलबन्द बनाएर हातेमालो गर्दै अघि बढ्ने धारणा पनि व्यक्त गर्नुभएको छ । नेपालले कम्युनिष्ट आन्दोलनमा देखिएका विकृतिलाई सुधार गर्ने अठोट आफूहरुले गरेको उल्लेख गर्नुभयो । 

उहाँको भनाइ छ, ‘हामीले हाम्रो पार्टी बनाएर मात्रै पुग्दैन । नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ । कम्युनिष्ट आन्दोलनमा भएका विकृतिलाई सुधार्ने अठोटका साथ अघि बढेका छौं ।’
पार्टीको उक्त अभियानलाई नयाँ उचाइमा पुर्याउने आन्दोनामा नेता भुसाल जोडिएकोमा अध्यक्ष नेपालले खुशी व्यक्त गर्नुभएको छ ।
 

टिप्पणीहरू