कतार एअरवेजको विमान अझै ‘ग्राउण्डेड’

कतार एअरवेजको विमान अझै ‘ग्राउण्डेड’

कतारको राजधानी दोहाबाट काठमाडौ आएको कतार एअरवेजको विमानमा चरा ठोक्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउण्डेड’ गरिएको छ । आज बिहान साढे ८ बजे विमानस्थलमा अवतरण गर्ने क्रममा उडान नम्बर क्युआर ६५२ को विमानमा चरा ठोक्किएको हो ।

सकुशल अवतरण भए पनि विमानलाई बिहानदेखि ग्राउण्डेड गरिएको छ । उक्त उडानपछि दोहाको निम्ति उडान भर्नुपर्ने क्युआर ६५३ का यात्रु सबै दिनभर विमानस्थलमा अलपत्र परेका हुन् ।

उक्त विमानको बिहान साढे १० बजे दोहा फर्कने उडान तालिका थियो ।

टिप्पणीहरू