बिर्तामोडमा भक्का दिवसको रमझम

बिर्तामोडमा भक्का दिवसको रमझम

आज छैठौं राष्ट्रिय भक्का दिवसको अवसरमा झापाको बिर्तामोडस्थित सिटी सेन्टर अगाडि राजवंशी समुदायमा महिलाहरुले सामूहिक भक्का बनाइरहेका छन् ।

झापा र मोरङमा बसोबास रहेको आदिवासी, जनजाति र राजवंशी समुदायको मौलिक परिकारमा भक्कालाई पनि लिइन्छ । 

चामलबाट बनाइने भक्का पछिल्लो वर्षहरुमा जाडोयामको बेला पूर्वी नेपालमा लोकप्रिय बन्दै गइरहेको छ ।

 

टिप्पणीहरू