छिमेकी नेताको निधनमा उपेन्द्र यादव मर्माहत

छिमेकी नेताको निधनमा उपेन्द्र यादव मर्माहत

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले भारतीय जनता राष्ट्रिय दलका संरक्षक तथा समाजवादी नेता शरद यादवको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । दिवंगत शरदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले दुःख व्यक्त गरेका हुन् ।

अध्यक्ष यादवले स्वर्गीय नेता शरदका आफन्तजन पार्टी सम्वद्ध शुभचिन्तक तथा भारतीय जनतामा समवेदना पनि प्रकट गरेका छन् । आज शोक वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘दुःखको यस घडीमा उहाँका आफन्तजन, पार्टी सम्वद्ध शुभचिन्तक, तथा भारतीय जनहरुमा धैर्यधारण गर्न शक्ति मिलोस् भन्ने कामना गर्दै शोकाकुल परिवारजनमा जनता समाजवादी पार्टी गहिरो समवेदना व्यक्त गर्दछ ।’

भारत तथा दक्षिण एशियामा सीमान्तकृत, पिछडिएको तथा उत्पीडित समुदायको हक हित र अवसरका लागि शरदले पुर्याएको योगदान सदा स्मरण गरिरहने पनि यादवले बताएका छन् । दक्षिण एसियामै समाजवादी चिन्तकका रुपमा चिनिएका शरदको हिजो राति निधन भएको हो ।

टिप्पणीहरू