धनकुटाको सिधुवा बजारमा भीषण आगलागी

धनकुटाको सिधुवा बजारमा भीषण आगलागी

धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ स्थित सिधुवा बजारमा भीषण आगलागी भएको छ । 

साँझ ७ बजेतिर बजारको काउली चोकको मासु पसलबाट शुरु भएको आगलागी एकैछिनमा भीषण भएको हो । आगलागीबाट हालसम्म तीन वटा घर जलेर नष्ट भएको छ ।

आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा लागिपरेका छन् । अहिले तेह्रथुमको बसन्तपुरबाट घटनास्थल पुगेको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको बताइन्छ ।

टिप्पणीहरू