बालुवाटारमा पहिले बुहारी, त्यसपछि प्रहरी

बालुवाटारमा पहिले बुहारी, त्यसपछि प्रहरी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुहारी तथा पूर्वमन्त्री बिना मगरसँग कुराकानी गर्नुभएको छ । मगर प्रधानमन्त्रीसँग भेटवार्ता गर्न हिजो अपरान्ह उहाँको सरकारी निवास बालुवाटार पुगेकी हुन् ।प्रधानमन्त्री दाहाल र पूर्व खानेपानीमन्त्री मगरबीच दिउँसो साढे ४ बजेदेखि मुश्किलले आधा घण्टा कुराकानी भएको हो । 

त्यसपछि त्यहाँ नेपाल प्रहरीका महानिरीक्षकको टोली पुगेको थियो । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी र उपत्यका ट्राफिक प्रमुख मीरा चौधरीेको टोलीले साँझ ५ बजेदेखि झण्डै एक घण्टा प्रधानमन्त्रीसँग भेटघाट गरेको हो ।

टिप्पणीहरू