एमाले अध्यक्ष आज पनि बालुवाटार पुग्नुभयो

एमाले अध्यक्ष आज पनि बालुवाटार पुग्नुभयो

एमाले अध्यक्ष केपी शर्मा ओली आज पनि प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ । उहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न  बिहानै त्यहाँ जानुभएको बताइएको छ ।

अध्यक्ष ओली बिहान साढे ९ बजेको हाराहारीमा बालुवाटार पुगेर प्रधानमन्त्रीसँग कुराकानी गर्नुभएको हो । झण्डै दुई घण्टाको भेटवार्तापछि उहाँ साढे ११ बजेको समयमा त्यहाँबाट बाहिरिनुभएको बालुवाटार स्रोतको दाबी छ ।

यसअघि उहाँहरुबीच अस्ति बिहीबार पनि बालुवाटारमा लामो छलफल भएको हो । मन्त्रीपरिषद् विस्तार र आगामी सभामुख तथा उपसभामुखको निर्वाचनबारे भएको छलफल लम्बिँदा अपरान्ह राखिएको सत्ता गठबन्धनको बैठक नै स्थगित भएको थियो ।

त्यसअघि बुधबार साँझ उहाँहरुबीच ओली निवास बालकोटमा पनि लामै कुराकानी भएको थियो ।

टिप्पणीहरू