सुदूरपश्चिममा सभामुखका लागि पुनः मतदानको सहमति

सुदूरपश्चिममा सभामुखका लागि पुनः मतदानको सहमति

सुदूरपश्चिम प्रदेशको सभामुखका लागि पुनः मतदान हुुने भएको छ । मतदान आज साँझ ६ बजे हुने बताइएको छ । यसअघि बिहीबार भएको मतादानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि पुनः मतदान गर्न लागिएको हो । आज बिहान बसेको सर्वदलीय बैठकमा उक्त सहमति भएको हो ।

सभामुखमा सत्ता गठबन्धनको तर्फबट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली काँग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि उम्मेदवारले २७ मत ल्यानुपर्छ । अस्तिको चुनावमा भण्डारीले २६ मत पाएका थिए भने रावलले २३ मत पाएका हुन् ।

प्रदेश सभामा नेपाली काँग्रेसको १९ माओवादी केन्द्रको ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र स्वतन्त्र एक जना सदस्य छन् ।

टिप्पणीहरू