प्रदेश १ को उपसभामुखमा श्रृजना दनुवार

प्रदेश १ को उपसभामुखमा श्रृजना दनुवार

प्रदेश १ सभामा एमाले पार्टीको समानुपातितर्फ उदयपुरबाट निर्वाचित सांसद श्रृजना दनुवार उपसभामुखमा विजयी भएकी छन् । आज भएको निर्वाचनमा एमालेकी दनुवारले ५७ र उनकी प्रतिस्पर्धी लीलाकुमारी राईले ३३ मत प्राप्त गरेकी हुन् ।

जम्मा ९३ जना सांसद रहेको प्रदेश १ सभामा उपसभामुखका लागि सभामुख बाहेक ९० जना सांसदले मात्र मतदान गरेका थिए । दुई जना सांसद अनुपस्थित रहे ।  प्रदेश १ मा सत्ता गठबन्धनमा एमाले, माओवाददी केन्द्र, राप्रपा र जसपाका जम्मा ६० जना सांसद छन् । विपक्षी दल काँग्रेस र एकीकृत समाजवादीको ३३ जना सांसद छन् । 

सत्ता गठबन्धनबाट माओवादी केन्द्रका बाबुराम गौतम सभामुख निर्वाचित भइसकेका छन् ।

टिप्पणीहरू