घनश्याम भुसाल एकीकृत समाजवादीको सचिवालय सदस्य नियुक्त

घनश्याम भुसाल एकीकृत समाजवादीको सचिवालय सदस्य नियुक्त

नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई पार्टी सचिवालय सदस्यमा नियुक्त गरेको छ । गत आमनिर्वाचनअघि एमाले छाडेर हिजोदेखि एकीकृत समाजवादी प्रवेश गर्नुभएका भुसाललाई पार्टीले सचिवालय सदस्यमा नियुक्त गरेको हो ।

आज बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले भुसाललाई तत्काल सचिवालय सदस्यको जिम्मेवारी दिने निर्णय गरिएको बताइएको छ । महासचिव बेदुराम भुसालद्वारा जारी विज्ञप्तिमा भुसालको नियुक्तिलाई आजै बसेको स्थायी समितिको भर्चुअल बैठकले अनुमोदन गरेको जानकारी दिइएको छ ।

टिप्पणीहरू