नागरिक उन्मुक्तिको बैठक कारागार नजिकै, महाधिवेशन गर्ने निर्णय

नागरिक उन्मुक्तिको बैठक कारागार नजिकै, महाधिवेशन गर्ने निर्णय

रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले आगामी बैशाखमा केन्द्रीय महाधिवशेन गर्ने भएको छ । चौधरी रहेको डिल्लीबजार कारागार नजिकैको एउटा रेष्टुरेन्टमा भएको पार्टीको बागमती प्रदेश कमिटीको बैठकले उक्त निर्णय गरेको बताइएको छ ।

बैठकले प्रदेश अधिवेशन फागुन पहिलो हप्तामा गर्ने र आगामी बैशाख ४, ५ र ६ गते कैलालीमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसअघि सबै प्रदेशमा  अधिवेशन गर्ने भनिएको छ ।

बैठकले जिल्ला इञ्चार्जहरु पनि तोकेको छ । जसमा ललितपुर र मकवानपुरका लागि विजय बस्नेत, चितवन र धादिङका लागि राजेश अधिकारी, रामेछाप र सिन्धुलीको निम्ति धर्मा तामाङ, भक्तपुर र नुवाकोटका लागि रोशन थापा, दोलखा र सिन्धुपाल्चोकका लागि शुक्र तामाङ तोकिएका छन् ।

टिप्पणीहरू