बिहान ओली, अपरान्ह रवि

बिहान ओली, अपरान्ह रवि

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नियमितझैँ भेट गरेका छन् । ओली र प्रधानमन्त्री दाहालबीच गत बुधबारदेखि आज बिहानसम्म दिनहुँजसो भेट भएको छ ।

उहाँहरुबीच मूलतः मन्त्रीमण्डल बिस्तार र आगामी सभामुख तथा उपसभामुखको निर्वाचनबारे कुराकानी भए पनि मन्त्रिमण्डल बिस्तारमा कुरो अड्केको बताइन्छ । यता गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविले पनि मन्त्रिमण्डल बिस्तारमा आफ्नो पार्टी सम्मानजनक उपस्थिति र प्रभावशाली मन्त्रालयको विषय उठाउँदै प्रधानमन्त्रीसँग भेट गरेको स्रोतको दाबी छ ।

आज अपरान्ह प्रधानमन्त्रीलाई भेट्न उपप्रधानमन्त्री लामिछाने बालुवाटार पुगेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्री र एक राज्यमन्त्रीलाई बटम लाइन भन्दै आएको छ । तर सत्ता साझेदार दलहरुबीच सहमति नहुँदा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

टिप्पणीहरू