प्रधानमन्त्री दाहाल पूर्वप्रधानमन्त्रीहरु भेट्न सिंहदरबारमा

प्रधानमन्त्री दाहाल पूर्वप्रधानमन्त्रीहरु भेट्न सिंहदरबारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज तीन जना वामपन्थी नेता तथा पूर्वप्रधानमन्त्रीहरुले भेटवार्ता गरेका छन् । शनिबारको बिदामा प्रधानमन्त्रीले ती नेताहरुसँग सिंहदरबारमा भेट गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग पौने ५ बजेदेखि छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालसँग आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा झण्डै दुई घण्टा कुराकानी गर्नुभएको थियो । आजै उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि प्रधानमन्त्रीसँग भेटेका छन् ।

टिप्पणीहरू